भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्व खाद्य दिवस मनाइँदै

विश्व खाद्य दिवस मनाइँदै

काठमाण्डौं । आज ४१ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अक्टोबर १६ मा मनाउँदै आइएको दिवस चाडपर्वको समय परेकाले नेपालमा आज मनाउन लागिएको हो । १६ अक्टोबर सन् १९४५ मा संयुक्त राष्ट्र (एफएओ) ले खाद्य र कृषि सङ्गठनको स्थापना गरेको थियो ।

सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारि खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ ।

सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको नेपालले २०३८ सालदेखि दिवस मनाउँदै आएको छ । विश्वमा सबैको लागि खाद्य सुरक्षा र पौष्टिक आहारको आवश्यकता सुनिश्चित गर्ने मुख्य उदेश्य बोकेर यो दिवस मनाउँन थालिएको हो ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य दिवसको अवसरमा शुभकामना दिँदै कृषि क्षेत्रको विकासका लागि खाद्य तथा पोषण सुरक्षा तथा खाद्य सम्प्रभूतासहितको दिगो प्रतिस्पर्धी एवं समृद्ध कृषि अर्थतन्त्र निर्माण गर्ने सोच बनाइएको बताए ।

हरेक पालिकामा खाद्यान्न भण्डारणका लागि गोदाम निर्माण गरी सङ्कटको समयमा सबैले उपभोग गर्न पाउने व्यवस्था गर्ने कार्य थालनी भइसके उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.