भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

लण्डन । विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरका उनी केही समययता अस्वस्थ रहँदैआएका थिए । झण्डै एक महिनाअघि उनको शल्याक्रिया गरिएको थियो ।

बुधबार अचानक हृदयघातका कारण घरमै निधन संचारमाध्यमले जनाएको छ । म्याराडोना विश्‍वभर सर्वकालिन चर्चित फुटबलर अर्जेन्टिनी खेलाडी थिए । म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्‍वकप जितेको थियो । त्यसबेला विश्‍व फुटबलमा दबदबा कायम गरेको इङ्ल्याण्डलाई अर्जेन्टिनाले हराएको थियो ।

त्यसभन्दा पनि प्रमुख कुरा इङ्ल्याण्डसँग अर्जेन्टिनाले युद्ध हारेको लगत्तै उक्त विश्वकप भएको थियो । जुन जितलाई म्याराडोनाले फकल्याण्ड टापु हार्दाको इङ्ल्याण्डसँग बदलाको रुपमा पनि अर्थ्याएका थिए । अर्जेन्टिनी फुटबलको उचाइ र प्रभाव बढ्नुमा म्याराडोनाको महत्वपूर्ण भूमिका मानिन्छ ।

१९९९ र २००० मा पनि उनी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनु परेको थियो । २००४ मा फेरि स्वासप्रस्वास तथा लागूऔषध सेवनबाट उत्पन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा उनको उपचार गरियो । पछिल्लो पटक २०१० को विश्वकपमा म्याराडोनाले राष्ट्रिय टीमको व्यवस्थापन गर्ने अवसर पाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.