मोरङ । विस्फोटक पदार्थ र हतियारसहित प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेकपाका पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिसनर बताउने दुई जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
हातहतियार र खरखजनासहित मिक्लाजुङबाट उनीहरुलाई पक्राउ गरेको बताईएको छ । मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
इलामको चुलाचुली गाउँपालिका ६ बस्ने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका २ बस्ने काशीनाथ घिमिरे पक्राउ परेका हुन ।
