भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

हुम्लामा पठनपाठन शुरु

हुम्लामा पठनपाठन शुरु

हुम्ला । उत्तरी नाम्खा गाउँपालिकाले आजदेखि विद्यालयमा पठनपाठन शुरु गरेको छ । झण्डै सात महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेकाले अभिभावकको दबाबपछि पठनपाठन शुरु गरिएको हो ।

लामो समय लकडाउनका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेको कुरा बिर्सिने भएका कारण पढाइ सञ्चालन गर्न अनुमति दिएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनुभयो । वडा नं ६ लिमीका दुई विद्यालयमा बाह्रै महिना नियमित पठनपाठनका लागि अनुमति दिएको र अन्यका लागि बुधबार दिइएको अध्यक्ष लामाले बताए ।

नाम्खा गाउँपालिकाको केन्द्र रहेको याल्वाङाको महाबौद्ध माध्यामिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी अन्तरपालिका र शिक्षक जिल्ला बाहिरका भएका कारण पीसीआर अनिवार्य गरीएको छ । विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर कक्षा शुरु गरिएको हो । महाबौद्ध माध्यामिक विद्यालयले कक्षा पाँचदेखि माथिका कक्षा १२ सम्मका लागि पडनपाठन हुने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.