भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

शहीद स्मारक ‘बी’ डिभिजन लिगः ब्वाइज युनियन विजयी

शहीद स्मारक ‘बी’ डिभिजन लिगः ब्वाइज युनियन विजयी

काठमाण्डाैं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

ब्याइजका लागि एक मात्र निर्णायक गोल मिलन लिम्बूले गर्नुभएको हो । उहाँले खेलको ७२औँ मिनेटमा हेडमार्फत गोल गर्नुभएको हो । मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै ब्वाइजले १० खेलबाट १७ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा यथावत छ । यस्तै टुसाल १० खेलमा नौ अङ्क जोडेर लिगको आठौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.