शितलहरले जनजीवन कष्टकर

शितलहरले जनजीवन कष्टकर

महोत्तरी । शितलहरले तराईको जनजीवन कष्टकर भएको छ । एक सातायता घाम नलागेपछि जनजीवन कष्टकर बनेको हो ।

पुस २७ गतेयता घाम देखिएको छैन । तराईमा हुस्सुले डम्म ढाकेको छ । चिसो हावा र तुसारोले जाडो बढाएपछि काममा बाधा पुगेको छ । लगातार मौसम चिसिँदै जाँदा बजारको चहलपहल घटेको छ ।

किसानले फसल बजार पुर्‍याउन नसकेपछि बजारका स्थायी व्यापारीको भाउमा मनोमानी बढेको छ । लगातारको चिसोले बिरामी परिने होकी भनेर चिन्तित हुनेको सङ्ख्या बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी बढेका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.