भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

शिवरात्रिमा ट्राफिक रुट यस्तो छ

शिवरात्रिमा ट्राफिक रुट यस्तो छ

काठमाण्डौ । शिवरात्रिलाई लक्षित गरि ट्राफिक प्रहरीले यातायातका साधनको व्यवस्थापन गर्न रुट व्यवस्थापन गरेको छ । पशुपतिमा आवश्यक ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको हो । दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगङ्गा हुँदै अन्यत्र जाने गाडीलाई वैकल्पिक बाटोको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

चाबहिल, गौशाला, तिलगङ्गा क्षेत्रमा भिड बढेमा यी रुटमा भक्तजन बाहेकका गाडीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाएको गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै ठाउँमा पार्किङ स्थल तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने गाडीलाई वैकल्पिक मार्ग भइ सञ्चालनको व्यवस्था मिलाइएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.