भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाण्डौंको फोहोर व्यवस्थापन गरिने

काठमाण्डौंको फोहोर व्यवस्थापन गरिने

काठमाण्डौ । काठमाडौंमा पाँच दिनदेखि थुप्रिएको फोहोर व्यवस्थापन गरिने भएको छ । काठमाण्डौ महानगरपालिकाको कालीमाटी, कलङ्की, टङ्केश्वर चोक र डल्लु पुलमा थुपारिएको फोहर व्यवस्थापन हुन नसकेपनि अब दुई दिन भित्र व्यवस्थापन गरिने भएको हो ।

नियमित रूपमा फोहर व्यवस्थापन भए पनि लामो समयसम्म फोहर थु्प्रिएकाले समस्या भएको जनाइएको छ । २०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँका स्थानीय बासिन्दाले आन्दोलन गरी फोहर विसर्जनमा अवरोध पुर्याउँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.