भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

शीतल निवास बैठकले तय गरेको राजनैतिक दायित्व

शीतल निवास बैठकले तय गरेको राजनैतिक दायित्व

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अक्षरशः पालना गरेको भन्दै मंगलबार शीतल निवासमा सर्वदलीय बैठकलाई सम्बोधन गरिन । सरकारले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने संवैधानिक दायित्व भएको बताइन् ।

बैठकमा सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटनलगायत निर्णय गरी पठाएको सिफारिसमा राष्ट्रपतिले कुनै परामर्शबिना आँखा चिम्लिएर सहीछाप लगाएको प्रसंग दलका नेताहरुले उठाप्काएका थिए भने जवाफमा राष्ट्रपति भण्डारीले आफू संविधानको दायराभन्दा बाहिर नगएको बताइन् ।

संविधानकै सीमाभित्र रहेर सरकारको सिफारिस कार्यान्वयन गरेको जिकिर राष्ट्रपतिले गरेको नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बताए । संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि दलहरूको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने नेताहरुले बताएका छन् ।

नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको बताइन । राष्ट्रिय हितमा सबै राजनीतिक दलहरूका बीचमा यस्तै सहकार्य र एकताको आवश्यकता रहेको भन्दै त्यसमा दलहरूले सोहीअनुसारको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास लिएको उनको भनाईछ।।

 


Thali Mobile Pvt.Ltd.