भुलेको छैन जन्मभुमी आमा
केहि दिनलाई मात्र टाढा भएको हुँ
बोल्दैन मान्छे परदेशमा पल–पल रुँदै–मर्दै बाँचेका छन्
भविष्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन् ।
देशको कथा, पिडा आफ्नै छ, यस्तै यथार्थ कथामा आधारित रहेको गायक प्रेम सेन्चुरीको आफ्नै शब्द र संगीत तथा स्वरको नयाँ गीत परदेशले मलाइ रुवायो बोलको गीत सार्बजनिक भएको छ ।
गायक सेन्चुरीले आफ्नो देश, घर, परिवार, गाउँ छोडेर परदेशी भूमिमा भोग्नु परेको पीडा र एक्लोपन तथा छटपटी गीतमा समेटेका छन् । बिरानो ठाउँमा सुख खोज्दा खोज्दै आधा उमेर बितिसके पनि सुख नभेटिएको र जन्मभूमिको यादले हरपल सताईरहेकोले आफ्नै देश फर्कन युवालाई आग्रह गरेका छन् ।
बिमल बुढाथोकीको एरेण्जमा न्युयोर्कमा रहेका गायक प्रेम सेन्चुरीले २ दशक अघिदेखिको सांगीतिक यात्रा प्रस्तुत गरेका छन् ।
हेरौं यस्तो छ गीत…
