थप २९४२ जनामा संक्रमण पुष्टि, काेराेना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुग्याे

थप २९४२ जनामा संक्रमण पुष्टि, काेराेना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुग्याे

काठमाडौं । थप २९४२ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । १५ हजार ८७५ नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । यी मध्य १ हजार ६ सय ९८ जना उपत्यकाका हुन् ।

नेपालमा हालसम्म संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । हाल सम्म ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । देशभर ३९ हजार ३ सय ४१ संक्रिय संक्रमित रहेका छन् ।

३ दिनसम्म लक्षण नदेखिए १० दिनमै डिस्चार्ज
अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई तीन दिनसम्म लक्षण नदेखिएमा १० दिनमै डिस्चार्ज गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमार्फत यस्तो जानकारी दिएका हुन। यसअघि लक्षण नदेखिएमा १४ दिनपछि मात्रै डिस्चार्ज गरिन्थ्यो ।

आफ्नै खर्चमा कोरोना उपचार गर्नुपर्ने
कोरोना परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको छ। नागरिकले भने आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्नेछ।

विपन्न तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयले जनाएको छ । यसअघि सरकारले कोरोना संक्रमितको निस्शुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो। आजैदेखि लागू हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदी कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय गरेको छ।

 


Thali Mobile Pvt.Ltd.