कैलाली । मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्य पक्राउ परेका छन् ।
मृतक विकको शव निकालिदा धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने सुदूपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए ।विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै बेपत्ता छन् ।
नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ ।
