भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

संक्रमितका लागि सानेपामा निःशुल्क अक्सिजन बैंक

संक्रमितका लागि सानेपामा निःशुल्क अक्सिजन बैंक

काठमाडौँ । कोभिड–१९ संक्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ सुरु गरिएको छ । लाइन्स क्लब अफ काठमान्डु समर्पणले सुरु गरेको अक्सिजन बैंक साउन ३१ गतेदेखि लागु छ । करिब ३० लाख रुपैयाँ खर्चेर सानाठूला गरी २ सय वटा अक्सिजन सिलिन्डर खरिद गरी अक्सिजन बैंकको सुरुवात गरेको हो ।

होम आइसोलेसनमा बस्ने विपन्न वर्गका बिरामीहरूलाई लक्षित गरी बैंक स्थापना गरेको क्लबका अध्यक्ष दीपक बंशलले जानकारी दिए । गम्भीर बिरामी परेका संक्रमितलाई अस्पताल र सामान्य बिरामीलाई घरमा राखेर उपचार गर्न सके अस्पतालमा बिरामीको भीडभाड कम हुने उनीको भनाई छ ।

अक्सिजन बैंकको सेवा विशेषगरी असहाय तथा आर्थिक अवस्था कमजोर भएका कोभिड संक्रमितहरूका लागि भए पनि अत्यावश्यक भएमा अन्य व्यक्तिहरूलाई पनि उपलब्ध गराउने उनको भनाइ छ । अक्सिजन उपलब्ध गराउनुअघि आफूहरूले ती व्यक्तिहरूको सम्पूर्ण विवरण लिने गरेको ‘अक्सिजन बैंक’ का अध्यक्ष विवेक शर्माले बताए ।

अक्सिजनको आवश्यकता भएमा सम्बन्धित वडाध्यक्षको सिफारिस अनिवार्य लिनु पर्ने छ । त्यसपछि उक्त व्यक्तिलाई सिलिन्डर पठाउने गरेको उनले जानकारी दिए । वडाध्यक्षको सिफारिस ल्याउन नसकेको खण्डमा क्लबले ती व्यक्तिका बारेमा सबै बुझेर मात्र अक्सिजन दिने गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.