काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो । ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।
यस्तै बुटवल कोरोना अस्पतालमा कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नंं। ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा बुधबार ९आज० बिहान मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए ।
प्रहरीसहित गण्डकीमा थपिए ३६ जना संक्रमित
गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस ९कोभिड(१९०का संक्रमित थपिएका छन् ।पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ३ महिलासहित २३ जना कास्कीका रहेका छन् भने ४ महिलासहित ७ जना नवलपुरका, दुई महिला र दुईजना पुरुष गरी ४ जना लमजुङका र एकरएकजना महिला र पुरुष गरी दुईजना तनहुँका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीका संक्रमितमध्ये २० जना नेपाल प्रहरीमा कार्यरत र एकजना स्टाफनर्स भएको निर्देशनालयले जनाएको छ । लमजुङ सुन्दर बजारका एकजना पुरुष ओमनबाट आएका हुन् । निर्देशनालयका अनुसार अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
बारामा थप ६४ जनामा संक्रमण पुष्टि
वीरगञ्जमा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालामा ४ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । ५ देखि ७० वर्ष उमेर समूहका संक्रमितमध्ये ३६ जना महिला छन् ।
पर्साका १३ र बाराका ५० जना संक्रमित छन् । गण्डक अस्पतालबाट पठाइएको एउटा स्वाब नमुनाको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको डाक्टर चौरसियाले बताए । वीरगञ्ज वडा नं। ४ मा २ जना, वडा नं। १२ र १८ मा १÷१ जना, बहुदरमाई नगरपालिकाको वडा नं। ४ मा ५ जना, वडा नं। ५ मा १ जना र वडा नं। ६ मा २ जनामा कोरोना देखिएको छ ।
बाराको कलैया उपमहानगरपालिका वडा नं। १ का ५ जना, वडा नं। ७ का ५ जना, वडा नं। २३ का ३ जना, वडा नं। २ मा ६ जना, वडा नं। ४ मा ६ जना, वडा नं। ३, ६, ८, ९ र २१ मा १÷१ जना, वडा नं। २० मा ४ जना र वडा नं। ५ मा ७ जनामा कोरोना देखिएको छ । संक्रमित ३ जनाको ठेगाना पहिचान हुन सकेको छैन । यसअघि पर्सामा ४ सय ९३ जना महिलासहित २ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
कोरोना संक्रमित नै आइसोलेसन उद्घाटनमा
भदौ १४ गते योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा महानगरपालिकाले बनाएको भनिएको आइसोलेनस सेन्टरको उद्घाटन गरियो । एकै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुन सरकारले गरेको आग्रहलाई समेत लत्याउँदै ठूलो भिडका साथ गरिएको आइसोलेसन सेन्टरको उद्घाटन कार्यक्रममा कोरोना संक्रमित नै सहभागी भएको खुलेको छ ।
निषेधाज्ञा लागे पनि औपचारिक कार्यक्रम नै गरी सुरुवात गरिएको आइसोलेसन सेन्टरमा संघीय सांसद, प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख, प्रहरी प्रमुखहरू लगायत जिल्लाका विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मीको पनि उपस्थिति थियो ।
