भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

संखुवासभामा निषेधाज्ञा जारी

संखुवासभामा निषेधाज्ञा जारी

संखुवासभा । संखुवासभामा एक साता निषेधाज्ञा जारी गरिएको छ ।  कोरोना संक्रमण बढ्दै गएपछि शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा सवारी साधन र बजार बन्दका साथै अत्यावश्यकबाहेक हिँड्डुल बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायले जानकारी दिए ।  अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछन् ।

सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतीय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ । साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ । बैठकले जिल्लामा हुने सम्पूर्ण भेला, सभा, जुलुस, गोष्ठी, तालिम सेमिनारमाथि प्रतिबन्ध लगाएको छ भने दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक कार्यमा नगर्न भनेको छ ।

निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि भदौ १८ गतेसम्म गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.