भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता |

संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाउँन नपाउँने

संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाउँन नपाउँने

काठमाडौं । सांसदहरूले संसद् बैठकमा सहभागी हुँदा भड्किलो पोसाक लगाएर जान नपाउने भएका छन् । संसद्को मर्यादा कायम राख्न आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा मर्यादित पोशाक लगाएर जाने सहमति भएको हो । कार्यव्यवस्था समितिको बैठकमा विषयगत समितिको पहिलो बैठक शीघ्र राख्ने बारेमा सहमति भएको जनाएको छ । समिति यसअघि नै गठन भएका छन भने समितिको सभापतिको निर्वाचनको मिति तोकिएको छैन ।

अब सांसदहरूले टिसर्ट, जिन्स पाइन्ट र अन्य भड्किलो कपडा लगाउन नपाउने जनाएको छ । समितिको बैठकमा सांसदहरूले भड्किलो पोसाक लगाएर जाँदा संसद्को मर्यादा कायम नहुने ठहर गर्दै तोकिएको पोसाक लगाएर मात्र संसदमा जानुपर्नेमा जोड दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.