काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपेल्न आग्रह गर्दै ठगी गिरोहका सदस्यसँग हिरासतमै शेर्पाले भेट गरेको प्रहरी स्रोतले जनाएको छ ।
नेकपा एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी गरेपछि बेपत्ता भएका छन् । प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित सरकारका सचिव टेकनारायण पाण्डेल गायतका व्यक्ति पक्राउ परिसकेका छन् ।
