२५ जेठ २०७७ काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी छ । संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा विभिन्न ६ वटा मन्त्रालयगत शीर्षकमा विनियोजन विधेयकमाथि छलफल जारी छ ।
आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र रक्षा मन्त्रालय शीर्षकमा विनियोजन खर्चमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय शीर्षकमा विनियोजन खर्चमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।
बैठकमा विभिन्न मन्त्रालयगत शीर्षकमा विनियोजन खर्चमाथि परेका खर्च कटौतिका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ । प्रतिनिधिसभाको हिजोको बैठकमा विभिन्न ८ वटा मन्त्रालयगत शीर्षकमाथिको छलफल सकिएको छ ।
आज विनियोजन विधेयकमाथिको छलफल सकिए भोलि सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएर बजेटमाथिको छलफल सम्पन्न गर्ने संसद सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...