भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

संसारकै अग्लो भवनमा आज नेपालको झण्डा फहराउँदै

संसारकै अग्लो भवनमा आज नेपालको झण्डा फहराउँदै

काठमाडौं । संविधान दिवसको अवसरमा संसारकै अग्लो भवनमा नेपालको झण्डा फहराउने भएको छ। दुबई आबुधाबीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार युएई सरकारले आज (शनिबार) साँझ ८ बजे विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको छ ।

संविधान दिवसको अवसरमा दोस्रो पटक सो भवनमा नेपालको राष्ट्रिय झण्डा फहराउने भएको हो । ८२९.८ मिटर उचाई रहेको दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । १६३ तलाको यो भवनमा आज नेपाली झण्डा फहराउने भएपछि संसारभरका नेपाली खुसी भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.