भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

सदरमुकाम मलङ्गवामा कफ्र्यु

सदरमुकाम मलङ्गवामा कफ्र्यु

सर्लाही । जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा जारी छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । मूर्ति विर्सजन जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति देखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

पुरानो मलङ्गवा नगरक्षेत्रमा कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ । कफ्र्यु आदेशपछि अहिले मलङ्गवाको स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.