भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सन्दीप आइपीएलको छनोटमा असफल

सन्दीप आइपीएलको छनोटमा असफल

काठमाडौ । सन् २०२१ को इन्डियन प्रिमियर लिग ९आइपिएल० का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो । आइपीएलमा लामिछानेले आफ्नो न्यूनतम अनुबन्धित मूल्य ४० लाख भारतीय रुपैयाँ राख्नुभएको थियो । उहाँलाई अनुबन्ध गर्न आइपीएलको कुनै पनि टोलीले रुचि देखाएनन् ।

लामिछानेले पहिलो पटक सन् २०१८ मा दिल्लीबाट आइपीएल खेल्नुभएको थियो । उहाँ त्यो बेला रु ३२ लाखमा अनुबन्ध हुनुभएको थियो । सन् २०१९ र सन् २०२० मा दिल्लीको टोलीमा रहनुभएका लामिछानेलाई फुकुवा गरेपछि उहाँ यस पटक अक्सनमा सहभागी हुनुभएको हो । सन् २०१८ को आइपीएलमा लामिछानेले तीन खेलमा पाँच विकेट लिनुभएको थियो । दोस्रो वर्ष सन् २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिनुभएको थियो । तेस्रो वर्ष सन् २०२० को संस्करणमा भने उहाँलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन । रासस

 


Thali Mobile Pvt.Ltd.