भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

सबै जिल्लामा खोप पुग्ने र स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालबाटै लगाइने तयारी

सबै जिल्लामा खोप पुग्ने र स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालबाटै लगाइने तयारी

काठमाडौँ । कोरोना विरूद्वको खोप पाँच दिनको अवधि भित्र सबै जिल्लामा पुर्‍याइसक्ने योजना सरकारले बनाएको छ । खोप कुन दिन लगाउने भनेबारे तय गरिने मन्त्रालयले जनाएको छ ।

प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको गरिसकेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिय ।स्वयंसेविकालाई स्वास्थ्यकर्मीसँगै खोप लगाइने मन्त्रालयले जनाएको छ । देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेका छन्  ।

आज ११ बजेर ४५ मिनेटमा एयर इन्डियाबाट खोप त्रिभुवन विमानस्थलमा आइपुग्ने र सिधै टेकुस्थित केन्द्रीय खोप भण्डारणमा लगिनेछ । तापक्रम मेनटेन गर्न मिल्ने उपकरणजडित दुईवटा ट्रक तयारी अवस्थामा राखिएको छ भने प्रदेशमा कति खोप पठाउने भन्ने विवरण तयार पारिदै छ ।

खोप केन्द्रीय भण्डारणबाट दुई दिनभित्र प्रदेशमा र प्रदेशबाट थप दुई दिनभित्र जिल्लास्थित भण्डारण स्थलमा पुर्‍याउने विभागको योजना रहेको छ । खोपका लागि माथिल्लो तहका कर्मचारीलाई तालिम चलिरहेको र तल तालिम गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.