भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सभापति रायद्वारा भवन बनाउन रु एक करोड बराबरको जग्गादान

सभापति रायद्वारा भवन बनाउन रु एक करोड बराबरको जग्गादान

महोत्तरी, । नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायले औरही नगर कार्यपालिकाको कार्यालय भवन निर्माणका लागि १४ कठ्ठा जग्गादान गर्नुभएको छ ।औरही–८ टिम्कियाबाट श्रीपुर जाने सडकमा पर्ने सो जग्गा मङ्गलबार नै नगर कार्यपालिकाका नाममा रजिष्ट्रेशनपास गरिदिनुभएको नगरप्रमुख सुनिलकुमार यादवले जानकारी दिए । उहाँका अनुसार सो जग्गा करिब रु एक करोड मूल्य बराबरको रहेको बताइएको छ ।

“हामी कार्यालय भवन निर्माणका लागि जग्गाको खोजिमा थियौँ”, उहाँले भन्नुभयो, “सभापति रायले यथेष्ट जग्गा दान गरेर दिएपछि अब कार्यालय भवन बनाउने बाटो खुलेको छ ।” आफ्नै स्थायी बसोबासका नगरपालिकामा जग्गा नभएर कार्यालय भवन बन्न नसकेको सुनेपछि आफूले जग्गादान गरेको सभापति रायले जानकारी दिए ।

“म यसै नगरपालिका क्षेत्रको बासिन्दा हुँ, अत्यन्त जनसरोकारको कार्यालय भवन जग्गाकै अभावले बन्न नसकेको सुनेपछि दान गरे”, उहाँले भन्नुभयो, “ आखिर जन्मेपछि मर्नुपर्छ, साथमा केही जाने होइन, यो कुरा मनमा आएपछि घर सल्लाह गरेर जग्गा दान गरेँ ।” अब चाँडै आफूले दिएको जग्गामा कार्यालय भवन निर्माणको कामले गति लिने र सेवा सहज भएको हेर्ने मन भएको बताए । नगरप्रमुख यादवले कार्यालय भवन निर्माणका लागि अब छिट्टै प्रक्रिया थालिने जानकारी दिए । “जग्गा प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “भवन चाँडै बन्ने गरी काम थाल्नेछौँ ।”

 


Thali Mobile Pvt.Ltd.