भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा

‘दधिकादो पर्व’मा रमाए पूर्वका आदिवासी युवा

झापा । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मङ्गलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । कोभिड–१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरिएका छन् । राजवंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व विशेषरूपमा मनाउने गर्दछन् ।

मेचीनगर नगरपालिका–७ मदनबस्तीमा राजवंशी युवाले चिल्लो बाँसको टुप्पामा बाँधिएको नरिवल र पैसा झिक्ने प्रतियोगितात्मक खेलको आयोजना गरे । सो प्रतियोगितामा मेचीनगर–७ का देवलाल राजवंशी प्रथम हुनुभएको थियो । दधिकादो पूर्वी नेपालका आदिवासी राजवंशीको मौलिक र विशिष्ट पर्व हो । ‘दधि’ भनेको दही र ‘कादो’ भनेको हिलो हो ।

मान्यताअनुसार श्रीकृष्णले दहीको हिलोमा खेल्न मन पराउनुहुन्थ्यो । यसैकारण यस पर्वमा हिलो खेलेर भगवान् श्रीकृष्णको आराधना गरिन्छ ।हिलो भएको स्थानमा अग्लो बाँसको टुप्पोमा नगद र नरिवल कपडामा बाँधेर राखिन्छ । युवाहरु सो बाँस चढेर नरिवल र नगद हात पार्ने प्रतिस्पर्धा गर्दछन् । बाँस चिल्लो बनाइएको हुँदा चढ्न मुस्किल हुन्छ भने बाँसका टुप्पोमा पनि तेल राख्ने गरिन्छ ।

यसबाट चढ्न खोज्दा बाँस हल्लिएर झन् चिल्लो हुन्छ । स्थानीयवासी पुनलाल राजवंशीले यो खेल परापूर्वकालदेखि चलिआएको बताउनुभयो । यसलाई राजवंशीहरुले सांस्कृतिक पहिचानको चाडका रूपमा लिने गरेका छन् । कोरोनाका कारण विगत दुई वर्षदेखि पर्व उल्लासपूर्वक मनाउन नपाइएको गुनासो गर्दै स्थानीयवासी युवा उत्तम राजवंशीले हिलोमा रम्ने कार्य स्वास्थ्यका दृष्टिले समेत लाभदायक भएको दाबी गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.