काठमाडौं । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने बताएको छ ।
कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुने भन्दै आयोगले कार्यतालिकाका विषयमा संघीय संसद्का पदाधिकारीलाई अनौपचारिक जानकारीसमेत दिइसकेको जनाएको छ ।
गर्नुपर्ने काम अब ४० दिनभित्र गरिसक्नुपर्ने भएकाले आफ्नो कार्य गर्ने तयारी गरेको छ । प्रतिनिधिसभामा ३६ वटा विधेयक र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा अड्किएका विधेयक १० वटा विचाराधीन छन् ।
दलहरूले समानुपातिकको बन्दसूची आयोगमा पेस गर्नेबित्तिकै उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मानिन्छ ।
संविधानको धारा ९१ को उपधारा ६ (क) मा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनु अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहन सक्ने व्यवस्था छ ।
