भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गठबन्धन कायमै राख्ने पाँच दलबीच लिखित सहमति, सीट संख्यामा रस्साकस्सी

गठबन्धन कायमै राख्ने पाँच दलबीच लिखित सहमति, सीट संख्यामा रस्साकस्सी

रुपन्देही । संघ तथा प्रदेशको निर्वाचनमा गठबन्धन कायमै राख्ने सत्तारुढ पाँच दलबीच लिखित सहमति भएसँगै लुम्बिनीका २६ संघीय निर्वाचन क्षेत्र र ५२ प्रदेश निर्वाचन क्षेत्रमा आ–आफ्नो दाबीको रसाकस्सी सुरू भएको छ ।

सबै दलबाट रहेका क्षेत्रभन्दा झण्डै दोब्बरको संख्यामा दाबी परेको छ । नेपाली कांग्रेस, माओवादीले अहिले स्थानीय तहमा आएको मतभारलाई पहिलो आधार बनाउनुपर्ने बताउँदै आएका छन् ।

संघीय तथा प्रदेशमा रहेको संख्या र गठबन्धनमा सबै दलको अस्तित्व रहनेगरी भागबण्डा हुनुपर्ने जसपा, नेकपा एस र राष्ट्रिय जनमोर्चाको भनाइ छ । कांग्रेसले लुम्बिनीबाट संघमा १६ र प्रदेशमा २८ सीट दाबी गरेको छ ।

माओवादी केन्द्रले संघमा १२ र प्रदेशमा २२ सीटमा दाबी गरेको छ । नेकपा एसले प्रतिनिधिसभामा ५ तथा प्रदेशमा २४ सीटमा दाबी गरेको छ ।

कांग्रेस, माओवादी र नेकपाले भएका सीटभन्दा धेरै संख्यामा दाबी गरेपनि गठबन्धनका साझेदार जसपा, राष्ट्रिय जनमोर्चाले सीट संख्या नबोली सम्मानजनक हैसियत खोजेको छ ।

 


Thali Mobile Pvt.Ltd.