काठमाडौं । दैलेख जिल्लाको विकट नगरका रुपमा परिचित आठबीस नगरपालिकालाई समृद्धिको बाटोमा प¥याउन ग्रीन जोन नगरका रुपमा घोषणा गरिएको छ । नगरको समृद्धि, विकास निर्माण, हराभरा र व्यवस्थित नगर बनाउन पहिलो पहलका रुपमा आठबीसलाई ग्रीन जोन घोषणा गरिएको नगर प्रमुख तर्कबहादुर बडुवालले बताए ।
विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख बडुवालले नगरपालिकाको सडकमा छेउछाउ र टोल तथा वस्तीहरुमा बोटविरुवा रोपेर हरियाली बनाउने बताए । संचार क्षेत्रबाट वञ्चितिकरणमा परेको नगरलाई सूचनामैत्री बनाउँन पहल गरिने भन्दै सूचनाको हक पहिलो प्राथमिक्तामा राखेको बताए ।
उनले भने, ‘विनाशको एक हतियारका रुपमा रहेको वायुप्रदुषणलाई हटाउन कार्यक्रमलाई ल्याउने छौं । अब नाक, मुख छोपेर हिँड्ने अवस्थाबाट मुक्त भएर अघि बढ्न जरुरी छ, त्यसैले नगर क्षेत्रको जमिनलाई सदुपयोग गरी हरियाली नगर निर्माण गर्न लागिपर्ने छौं । अर्को कुरा सञ्चारबाट वञ्चित भएको नगरलाई सुचनामैत्री नगरका रुपमा विकास गरेर लैजानेछौं ।
यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको उनको भनाइ छ । उत्पादनमुखी शिक्षा र आत्मनिर्भर कृषिलाई समेत जोड दिने उनले भनाइ छ । आगामी पाँच वर्षभित्र आठबीस नगरलाई समृद्धिको दिशामा अघि बढेको देख्न सकिने किसिमले आधार तयार गरिने बताए ।
नगरपालिकाको माटो सुहाउँदो कृषि प्रणालीलाई अघि बढाएर निःशुल्क बेर्ना वितरण गरिने पनि कैलाश खबरको कुराकानीमा बताए ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…
कार्यपालिका बैठकले गरेका निर्णयहरूः
नगरप्रमुख तर्क बहादुर बडुवालको अध्यक्षतामा २०७९ जेष्ठ २२ गते बसेको बैठकले गरेका निर्णयहरु गरेको छ ।
१:- आठबीस नगरपालिकालाई ‘ग्रीन जोन’ घोषणा गर्ने ।
२:- वडा न.१ स्थित साताला स्वास्थ चौकीलाई आधारभुत अस्पतालमा रुपान्तरण गर्ने ।
३:- राकम कर्णालीमा बहुमुखी क्याम्पस स्थापना गर्न प्रक्रिया अघि बढाउने ।
४:- टोल बिकास समिती गठन गर्न कार्यबिधी निर्माण गरी प्रक्रिया अघि बढाउने ।
५:- निर्माणाधिन १५ शैयाको राकमकर्णाली अस्पताल जोखिम रहेको क्षेत्रमा पर्खाल निर्माण गर्ने ।
६:- समग्र नगर बिकास र समृद्धिका लागि ठुला बिकास आयोजनाका लागि प्रदेश र संघसंग बजेट माग गर्ने ।
७:- आठबीस नगरपालिकामा कानुन अधिकृतको पदपूर्तिकाे प्रक्रिया अघि बढाउने ।
