भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

सम्झौता नभएका मुलुकको सेनामा भर्ना नहुनू परराष्ट्रको आग्रह

सम्झौता नभएका मुलुकको सेनामा भर्ना नहुनू परराष्ट्रको आग्रह

काठमाडौं । सम्झौता नभएका मुलुकको सेनामा भर्ती नहुन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै परम्परागतरूपमा सम्झौता भएका केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा सो बाहेक अन्य मुलुकको सेनामा भर्ना नहुन आग्रह गरेको हो ।

परम्परागत सम्झौताअनुसार नेपाली नागरिकहरू बेलायत र भारतको सेनामा भर्ती हुँदै आएका छन् । नेपालीहरू सिंगापुर पुलिसमा समेत भर्ती हुने गरेका छन् । पछिल्लो समय रुस र युक्रेनबीच भएको युद्धका कारण ती मुलुकहरूमा नेपालीहरू सेनामा भर्ती भएको विषय बहसमा

आएपछि परराष्ट्र मन्त्रालयले ती मुलुकहरूको सेनामा भर्ती नहुन आग्रह गरेको हो । परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ुयुद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान हुन सबैमा अनुरोध गरिन्छ।

 


Thali Mobile Pvt.Ltd.