भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

सम्झौता नभएका मुलुकको सेनामा भर्ना नहुनू परराष्ट्रको आग्रह

सम्झौता नभएका मुलुकको सेनामा भर्ना नहुनू परराष्ट्रको आग्रह

काठमाडौं । सम्झौता नभएका मुलुकको सेनामा भर्ती नहुन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै परम्परागतरूपमा सम्झौता भएका केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा सो बाहेक अन्य मुलुकको सेनामा भर्ना नहुन आग्रह गरेको हो ।

परम्परागत सम्झौताअनुसार नेपाली नागरिकहरू बेलायत र भारतको सेनामा भर्ती हुँदै आएका छन् । नेपालीहरू सिंगापुर पुलिसमा समेत भर्ती हुने गरेका छन् । पछिल्लो समय रुस र युक्रेनबीच भएको युद्धका कारण ती मुलुकहरूमा नेपालीहरू सेनामा भर्ती भएको विषय बहसमा

आएपछि परराष्ट्र मन्त्रालयले ती मुलुकहरूको सेनामा भर्ती नहुन आग्रह गरेको हो । परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ुयुद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान हुन सबैमा अनुरोध गरिन्छ।

 


Thali Mobile Pvt.Ltd.