२२ जेठ २०७७ काठमाडौं । विज्ञहरुको सुझाव र अनुसन्धान प्रतिवेदनलाई बेवास्ता गर्दै सरकारले ढेढ लाख किट किन्न लागेको छ ।
कोरोना भाइरस सक्रमित बढ्दै जान थालेपछि परीक्षणको दयारा फराकिलो बनाउन थप डेढ लाख थान र्यापिड डाइग्नोस्टिक टेष्ट किट (आरडीटी) किन्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोभिड–१९को परीक्षण थप बढाउनु पर्ने भन्दै थप १ लाख ५० हजार थान आरडीटी किट खरीद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको हो । विभागले यसैसाता १ लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ ।
विज्ञले आरडीटी परीक्षणको औचित्य नभएको भन्दै गर्दा मन्त्रालयले पुनः आरडिटी किट खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्रोतका अनुसार भारतबाट ठूलो संख्यामा नेपालीहरु भित्रिएकाहरु क्वारेन्टाइनमा रहेको अवस्थामा परीक्षणका लागि यस्तो निर्णय लिइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । आर्थिक शोषणविरूद्ध मिटरव्याज पीडितहरूले जनजागरण अभियान सञ्चालन गर्ने भएका छन् । मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलन गरी अभियान शुरुवात गर्ने घोषणा गरेका...
काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम...
तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित...
काभ्रे । काभ्रेमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा एक महिलाको ज्यान गएको हो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी,...