कजाकस्तान । तेलको मूल्यवृद्धिको विरोधमा सुरु भएको कजाकस्तानको सरकारविरोधी प्रदर्शनले राजनीतिक रुप लिएपछि रुसी सेना परिचालन गरिएको छ ।
राष्ट्रपति कासिम–जोमार्ट तोकायेवको आग्रहमा नै रुसी सैनिक परिचालन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । राष्ट्रपति तोकायेवले देशको अवस्था बिग्रिँदै गएको जनाउदै सामूहिक सुरक्षा सन्धी सीएसटीओसँग सहयोग मागेपछि सैनिक परिचालन गरिएको हो ।
सीएसटीओ रुससहित पूर्व सोभियत संघका ६ देशको एउटा सैन्य संगठन हो । विदेशमा तालिम प्राप्त प्रदर्शनकारीबाट प्रदर्शन भएको जिकिर गर्दै राष्ट्रपति तोकायेवले देशभर निषेध आदेश तथा कर्फ्यू जारी गरिएको र रुसी सैनिक परिचालन गरिएको बताएका छन् ।
