भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

सरसफाइमा ध्यान दिन प्रदेश सांसद श्रेष्ठको आग्रह

सरसफाइमा ध्यान दिन प्रदेश सांसद श्रेष्ठको आग्रह

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले आफ्नो ठाउँ आफैले सफा गरे मात्र आफू स्वस्थ हुने बताएका छन् । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ खड्का डिल देखि मनोहरा स्कुलसम्म सफाइ कार्यक्रममा सांसद श्रेष्ठले उक्त कुरा बनाएका हुन । उनले आफ्नो ठाउँ आफै सफा नगरे कहिले पनि सफा नहुने तर्क गरे ।

“आफ्नो ठाउँ आफैले सफा नगर्ने हो भने आफैलाई रोगले समात्ने बताउँदै हामी आफै मिले आफ्नो टोल छिमेक सफा हुन्छ” उनले भने । मरेका जीव जन्तुहरू तथा घर बाट निक्लने फोहर व्यवस्थापनमा सबैले ध्यान दिनुपर्ने उनको भनाई थियो । मनोहरा बचत तथा ऋण सहकारी संस्थाले गरेको सरसफाइ कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.