भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सहकारी नियमनमा कडाइ गर्ने,राजस्व प्रशासनलाई सुदृढ र काठमा आत्मनिर्भर बनाउने सरकारको नीति

सहकारी नियमनमा कडाइ गर्ने,राजस्व प्रशासनलाई सुदृढ र काठमा आत्मनिर्भर बनाउने सरकारको नीति

काठमाडौं । सरकारले सहकारीमा बचत कर्ताको लगानी सुरक्षा गर्न सहकारीलाई कडाई गर्ने नीति लिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० र ०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बचत तथा सहकारीलाई नियमनमा कडाइ गर्ने घोषणा गरेका हुन ।

त्यस्तै आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्दै राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । राजश्व चुहावट, न्युन बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पुँजी पलायनमा कडाइ गर्ने र राजश्वको दायरा बिस्तार गर्दै सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने घोषणा भएको छ ।

मुलुकलाई काठमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रममा वनको उचित व्यवस्थापन गर्ने घोषणा राष्ट्रपति पौडेले गरे । कृषि वन कार्यक्रम सञ्चालन गर्ने, जडिबुटी खेतीको अनुसन्धान, व्यवसायिक उत्पादन, बिस्तार, प्रशोधन र बजारीकरणलाई प्रोत्साहन गरिर्ने सरकारको निति कार्यक्रम रहेको छ ।

वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र काठ तथा अन्य वन, पैदावारको आयातलाई निरुत्साहित गरिने नीति सरकारको रहेको छ । ढलापडा रुखहरु आवश्यक प्रक्रिया पूरा गरी आगामी दिनमा विक्री वितरण गरिने र सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल उत्पादन प्रवर्धन गर्न एकीकृत कार्यक्रम सञ्चालन ल्याइने पनि निति कार्यक्रममा उल्लेख गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.