भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सहिद स्मारक ‘बी’ डिभिजन लिगः आज दुई खेलहरु हुँदै

सहिद स्मारक ‘बी’ डिभिजन लिगः  आज दुई खेलहरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज एन्फा कम्प्लेक्स सातदोबाटोमा दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र टुसाल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । आरसिटी ७ खेलमा ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । टुसाल ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

अर्को खेलमा शीर्ष स्थानको सातदोबाटोले श्री भगवती क्लबसँग खेल्नेछ ।

सातदोबाटो र श्री भगवतीबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

सातदोबाटो जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ ।

सातदोबाटोले ७ खेलमा १९ अंक जोडेको छ ।

श्री भगवती ७ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.