भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित

साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित

एजेन्सी । साविक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ । सेफिल्डको मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे भने सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २-० को जित निकाल्यो ।

जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ ।

 

लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ ।

सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.