सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनाल किन पुगे मानव अधिकार आयोग ?

सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनाल किन पुगे मानव अधिकार आयोग ? image

२२ बैशाख २०७७ काठमाण्डौ । सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उजुरी दर्ता गराउन राष्ट्रिय मावनअधिकार आयोगमा पुगेका छन् ।

डा. बाबुराम भट्टराईको योजनामा आफूलाई फसाउन खोजेको भन्दै उजुरी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री डा भट्टराईले अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको उनीहरुले बताएका छन् । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफू लाई अपरहण गरेको भन्दै उजुरी दिएपछि उनीहरुले यस्तो बताएका हुन् ।

आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झूटो आरोप लगाएर फसाउन खोजिएको बताए ।

अपहरणको आरोप लागेका अर्का सांसद कृष्ण श्रेष्ठले आफू हरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफू हरुलाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए ।

यसअघि आफू लाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । काठमाण्डौबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते काठमाण्डौ ल्याएका थिए। यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरिएको थियो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda