भर्खरै : Sorry, your browser does not support inline SVG.
श्री मुग्लानी एकता सेवा समाज, भिवंडीको नव वर्ष २०८३ अवसरमा भव्य कार्यक्रम आयोजना हुँदै | अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै | काठमाडौँ रात्रिकालीन सार्वजनिक बस सेवा | दुई दिन सार्वजनिक बिदाबीच स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह | हर्मुज जलमार्ग नाकाबन्दी घोषणापछि कच्चा तेलको मूल्य उकालो, विश्व अर्थतन्त्रमा असर पर्ने संकेत | कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६४० मेगावाट क्षमतामा निर्माण हुने | इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध टर्कीमा मुद्दा, हजारौँ वर्ष जेल सजाय माग | अमेरिका–इरान तनाव बढ्दा विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर माथि |

सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनाल किन पुगे मानव अधिकार आयोग ?

सांसद बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक खनाल किन पुगे मानव अधिकार आयोग ?

२२ बैशाख २०७७ काठमाण्डौ । सांसदहरु महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उजुरी दर्ता गराउन राष्ट्रिय मावनअधिकार आयोगमा पुगेका छन् ।

डा. बाबुराम भट्टराईको योजनामा आफूलाई फसाउन खोजेको भन्दै उजुरी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री डा भट्टराईले अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको उनीहरुले बताएका छन् । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफू लाई अपरहण गरेको भन्दै उजुरी दिएपछि उनीहरुले यस्तो बताएका हुन् ।

आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झूटो आरोप लगाएर फसाउन खोजिएको बताए ।

अपहरणको आरोप लागेका अर्का सांसद कृष्ण श्रेष्ठले आफू हरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफू हरुलाई पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए ।

यसअघि आफू लाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए । काठमाण्डौबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते काठमाण्डौ ल्याएका थिए। यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरिएको थियो ।