भर्खरै : Sorry, your browser does not support inline SVG.
घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा |

सामाजवाद उन्मुख भए क्यूवा, कोरिया र चीनले जस्तै काम गरेको खैं ? : सांसद गोसाई

सामाजवाद उन्मुख  भए क्यूवा, कोरिया र चीनले जस्तै काम गरेको खैं ?  :  सांसद गोसाई

हेटौडां । नेपाल मजदुर किसान पार्टीका प्रदेश सांसद सुरेन्द्र राज गोसाईले बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम महाकमजोर भएको टिप्पणी गरेका छन् । बागमती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि शुक्रबारको छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रदेश सांसद गोसाईले कमजोर भन्दा महाकमजोर सरकारले ल्याएको नीति तथा कार्यक्रम भएको टिप्पणी गरेका हुन । सांसद गोसाईले ४५ पेजको नीति तथा कार्यक्रम पढिरहँदा अल्छी मान्छेको लामो हाई जस्तो लागेको आरोप लगाए ।

उनले विपतको वेला जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने सरकारले अब आउने कुनै पनि दुर्घटनाको जिम्मेवार बन्नुपर्ने जिकिर गरे । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम टालटुले ढंगको भएकाले यो भन्दा पहिले पनि तीन वटा टालटुले नीति पढिसकेको तर्क गरे । उनले नीति तथा कार्यक्रम पढ्दा काला कमिलाहरु र राता कममिलाहरुबीचको लडाईलाई उदाहरणको रुपमा प्रस्तुत गर्दै सत्ताको लडाईबारे शासकहरुबीच भइरहेको खेललाई चित्रण गरेका थिए ।

नीति तथा कार्यक्रम हुनुपर्ने एउटा तर अर्कै भएको बताउदै उनले भने“तीन वर्ष पहिलेका नीति तथा कार्यक्रम खेर गए पनि यो वर्षको नीति तथा कार्यक्रम खेर नजाला भनेको त यो वर्षको नीति तथा कार्यक्रम पनि खेर गयो” समाजवाद उन्मुख भन्न छोड्न आग्रह गर्दै समाजवादलाई नेपालका शासकहरु ढाटको र छलको रुपमा मात्रै प्रयोग गरेकोप्रति सांसद गोसाईले आक्रोष व्यक्त गरे । साच्चै समाजवादी हो भने क्यूवा,कोरिया र चीनको जस्तो क्रियाकलाप गरेरको खै ? भन्दै गोसाईले प्रश्न गरे । उनले समाजवाद भएका देशहरुले कोभिड मुक्त हुदै खोप समेत निर्माण गरिसकेको अवस्थामा हामीले के गरिहरका छौ ? भन्दै प्रश्न गरे । (भिडियो यहाँ छ )

 


Thali Mobile Pvt.Ltd.