भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण

गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत वडा नम्वर १ र २ मा सय जना गर्भवतीलाई नगरउपप्रमुख अञ्जु दहिले पोषणयुक्त सामग्री वितरण गर्नु भएको छ । नगपालिकाले गर्भवतीहरुलाई पोसिलो खाना र सुरक्षा सामाग्री सहितको उपहार प्रदान गर्न शुरु गरेको छ । त्यस्तै शनिवार वडा नम्वर ५,६ र ७ मा ती सामग्री वितरण हुने छ ।

नगरपालिकाले शुक्रबारदेखि गर्भवतीहरुलाई उपहार बितरण गर्न थालेको हो । प्रत्येकलाई झुल, एक क्रेट अण्डा, आधा लिटर घ्यु, स्यानिटाईजर, मास्क लगायतका करिव १७ सय बराबरको सामग्री दिइएको छ । नगर प्रवक्ता दुर्गा वहादुर विश्वकर्माले ११ वटै वडाका गर्भवतीलाई ती सामग्री दिइने बताए । स्वास्थ्य सामाग्री हस्तान्तरण डिसीए नेपाल काठमाण्डौ तथा थारु महिला उत्थान केन्द्र गुलरियाको संयुक्त साझेदारीमा सञ्चालीत आधार परियोजना अन्तरगत कोभीड १९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि बर्दियाको बारबर्दिया नगरपालिकालाई पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

नगरपालिकाको संस्थागत आइसोलेशन, स्वास्थ्य संस्था तथा होम आइसोलशनका लागि करिब ५ लाख ३१ हजार ८ सय रुपैया बराबरको सामग्री प्रदान गरिएको थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती चौधरीले बताउनुभयो । नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले आपत र महामारीको बेलामा सहयोगी संस्थाले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग हुने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.