भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण

गर्भवतीलाई पोषणयुक्त सामग्री वितरण

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका वहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत वडा नम्वर १ र २ मा सय जना गर्भवतीलाई नगरउपप्रमुख अञ्जु दहिले पोषणयुक्त सामग्री वितरण गर्नु भएको छ । नगपालिकाले गर्भवतीहरुलाई पोसिलो खाना र सुरक्षा सामाग्री सहितको उपहार प्रदान गर्न शुरु गरेको छ । त्यस्तै शनिवार वडा नम्वर ५,६ र ७ मा ती सामग्री वितरण हुने छ ।

नगरपालिकाले शुक्रबारदेखि गर्भवतीहरुलाई उपहार बितरण गर्न थालेको हो । प्रत्येकलाई झुल, एक क्रेट अण्डा, आधा लिटर घ्यु, स्यानिटाईजर, मास्क लगायतका करिव १७ सय बराबरको सामग्री दिइएको छ । नगर प्रवक्ता दुर्गा वहादुर विश्वकर्माले ११ वटै वडाका गर्भवतीलाई ती सामग्री दिइने बताए । स्वास्थ्य सामाग्री हस्तान्तरण डिसीए नेपाल काठमाण्डौ तथा थारु महिला उत्थान केन्द्र गुलरियाको संयुक्त साझेदारीमा सञ्चालीत आधार परियोजना अन्तरगत कोभीड १९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि बर्दियाको बारबर्दिया नगरपालिकालाई पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

नगरपालिकाको संस्थागत आइसोलेशन, स्वास्थ्य संस्था तथा होम आइसोलशनका लागि करिब ५ लाख ३१ हजार ८ सय रुपैया बराबरको सामग्री प्रदान गरिएको थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती चौधरीले बताउनुभयो । नगरप्रमुख दुर्गाबहादुर थारु कबिरले आपत र महामारीको बेलामा सहयोगी संस्थाले दिएको स्वास्थ्य सामग्रीको सही सदुपयोग हुने बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.