भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सामुदायिक वन महासङ्घको बैठक तुलसीपुरमा

सामुदायिक वन महासङ्घको बैठक तुलसीपुरमा

तुलसीपुर, । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको राष्ट्रिय कार्यसमितिको छैटौँ बैठक तुलसीपुर उपमहानगरपालिकामा हुने भएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण आठ महिनापछि भौतिक उपस्थितिमा आजदेखि यही असोज १० गतेसम्म तुलसीपुरमा महासङ्घको बैठक हुने भएको हो ।

बैठकमा विगत लामो समयदेखि वन हेरालाका रूपमा रहेका समुदायिक वनका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै वनलाई आयआर्जनसँग जोड्ने ठोस लक्ष्यका साथ २५ वर्षे रणनीति तयार गरिने महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिए । उहाँका अनुसार बैठकले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन, सवालगत छलफल, आगामी कार्ययोजना, कोरोनाका कारण ज्यान गुमाउनुभएकी महासङ्घ सचिवालय सदस्य सविना राई महिला सशक्तीकरण पुरस्कार कोष स्थापना गर्ने कार्यक्रम रहेको छ ।

बैठकको पहिलो दिन आज स्थानीय महासङ्घसहित सरोकारवालाको सहभागितामा सामुदायिक वन अधिकार सम्मेलनको आयोजना गरिने भएको स्थानीय महासङ्घका अध्यक्ष चन्द्रबहादुर ओलीले जानकारी दिए । बैठकमा महासङ्घका केन्द्रीय पदाधिकारीसहित स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र महासङ्घका सात प्रदेशका अध्यक्ष गरी कूल ९५ जनाको सहभागिता रहने छ । बैठकका अधिकांश सहभागी तुलसीपुर आइसक्नुभएको महासङ्घका सचिव ठाकुर भण्डारीले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.