काठमाडौँ । नेकपा एमालेका खनाल–नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयार गरेको एक साँसदले बताए ।
केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी राज गरेको खनाल–नेपाल समूहले बताएको छ र उनलाई सुध्रनका लागि अन्तिम मौका समेत दिएको बताइएकोछ । समस्या समाधानका लागि ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा दिने एक केन्द्रीय सदस्यले बताए ।
राजीनामा बुझाउनअघि भर्चुअल छलफल गरिने एक स्थायीसमिति सदस्यले बताए। पार्टीलाई एकताबद्ध बनाउन हदैसम्मको लचकता अपनाउने त्यसका लागि वरिष्ठ नेता नेपालसहितको शीर्ष नेतृत्व जुट्ने र सफल नभए सामूहिक राजीनामा दिएर ओलीको विश्वासको मत फेल गराउने रणनीति नेपाल समूहले गरेको छ । प्रधानमन्त्री ओलीले भोली २७ गते सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।
