भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सामूहिक राजीनामाको तयारीमा

सामूहिक राजीनामाको तयारीमा

काठमाडौँ । नेकपा एमालेका खनाल–नेपाल समूहका २२ सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रत्यक्ष निर्वाचित २२ सांसदको सो समूहले सामूहिक राजीनामाका लागि हस्ताक्षर समेत तयार गरेको एक साँसदले बताए ।

केपी ओलीले विधि मिच्दै पार्टीमा एकलौटी राज गरेको खनाल–नेपाल समूहले बताएको छ र उनलाई सुध्रनका लागि अन्तिम मौका समेत दिएको बताइएकोछ । समस्या समाधानका लागि ओलीले लचकता नदेखाए बेलुकीसम्म सामूहिक राजीनामा दिने एक केन्द्रीय सदस्यले बताए ।

राजीनामा बुझाउनअघि भर्चुअल छलफल गरिने एक स्थायीसमिति सदस्यले बताए। पार्टीलाई एकताबद्ध बनाउन हदैसम्मको लचकता अपनाउने त्यसका लागि वरिष्ठ नेता नेपालसहितको शीर्ष नेतृत्व जुट्ने र सफल नभए सामूहिक राजीनामा दिएर ओलीको विश्वासको मत फेल गराउने रणनीति नेपाल समूहले गरेको छ । प्रधानमन्त्री ओलीले भोली २७ गते सोमबार संसदमा विश्वासको मत लिँदैछन् ।

 


Thali Mobile Pvt.Ltd.