भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिंहदरबारमा गोली चल्यो

सिंहदरबारमा गोली चल्यो

काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओले बोकेको पेस्तोल भुइँमा खस्दा सिंहदरबारमा गोली चलेको छ। असइ अनुपमा भारतीले बोकेको पेस्तोल भुइँमा खस्दा गोली चलेको हो।

अपराह्नको करिब ५ बजे असइ भारतीले बोकेको पेस्तोल कम्मरबाट भुइँमा खसेको थियो। झुक्किएर पेस्तोल भुइँमा खस्दा गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।

उनका अनुसार गोली चल्दा कुनै क्षति भने भएको छैन। ‘मिस ह्यान्डलिङ भएर गोली चलेको हो, यसबारेमा हामीले बुझिसकेका छौँ,’ उनले भने।

 


Thali Mobile Pvt.Ltd.