भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

न्यायालयको समस्या आपसी समझदारीमा हल गराैं: पूर्व न्यायाधीश

न्यायालयको समस्या आपसी समझदारीमा हल गराैं: पूर्व न्यायाधीश

काठमाडौं । अहिले न्यायालयमा देखिएको समस्याको समाधान आपसी समझदारीमा हल गरिनुपर्ने सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले बताएका छन् । तत्काल समस्या समाधान गरेर जनतालाई न्याय दिलाउनु पर्ने उनको भनाइ छ ।

भण्डारीले भने, ‘न्यायाधीशहरुले बेञ्च बहिष्कार गर्ने वा नगर्ने, के गर्दा उपयुक्त हुन्छ भन्ने कुरा उहाँहरुले सोच्ने कुरा हो, छिटो समाधानका लागि छलफल तथा सम्वाद गरेर निकास निकाल्नुपर्छ । समझदारीपूर्ण तवरले जे गर्दा ठिक हुन्छ, त्यही गर्नुपर्छ ।’

बुधबार राजधानीमा आयोजना गरिएको साक्षात्कारमा बोल्दै उनले भोलिसम्म समाधान निस्किन सक्ने संकेत गरे । देशमा जब राजनीतिक रुपमा अस्थिरता आउँछ त्यसको असर सम्पूर्ण अंगमा पर्छ भन्दै राज्य सञ्चालनमा दलहरुले सुशासन कायम नगरेकोले अहिलेको अवस्था आएको टिप्पणी गरे ।

प्रधानन्यायाधीश मुक्त हुने कुरा संविधानको धारा १३१ ले मात्रै हुने उनको भनाइ छ । कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाबीच चेक एण्ड ब्यालेन्सको नीति कायम हुनुपर्ने उनको ठम्याइ छ । प्रधानन्यायाधीश जबरामाथि लगाएको चार्ज ठिक हो भने त्यो जबराले सोच्ने कुरा भएको र माग गरेको कुरा बेठिक हो भने अरुहरुले सोच्ने कुरा भएको भण्डारीले तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.