काठमाडौं । सिन्धुली, रामेछाप र दोलखाका लागि निर्वाचन आयोगले आज मतपत्र ढुवानी गर्दैछ ।
जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको र आज सिन्धुली, रामेछाप तथा दोलखाका लागि मतपत्र ढुवानी गर्न लागेको हो ।
१७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको तथा लुम्बिनी प्रदेशका सबै जिल्लामा मतपत्र पठाइसकेको छ ।
मधेस प्रदेशका ८ जिल्लासहित बाग्मती प्रदेशका रसुवा, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुरमा मतपत्र पठाउन बाँकी छ ।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला तथा प्रदेश–१ को मोरङबाहेक सबै जिल्लामा मत पत्र पठाई सकिएको आयोगले जानकारी दिएको छ ।
