भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

सिमेन्टबाट ‘ब्लक’ उत्पादन गरेर जीविकोपार्जन

सिमेन्टबाट ‘ब्लक’ उत्पादन गरेर जीविकोपार्जन

बेदकोट । कोरोना महामारी सुरु हुनुअघि कञ्चनपुर भीमदत्त नगरपालिका–११ महाकाली किनारका सुनिल सुधार रोजगारीका लागि भारतको सुरतमा हुनुहुन्थ्यो । वर्षमा एक दुई महिना मात्रै घर आउने गरे पनि अधिकांश समय उहाँ जागिरकै सिलसिलामा भारतमै रहनुहुन्थ्यो ।कोरोना महामारीका कारण जागिर गुमेपछि घरमै बस्दै आउनुभएका उहाँ यतिबेला सिमेन्टबाट ब्लकलगायतका सामग्री उत्पादन गरिरहनुभएको छ । यसबाट भारतमा भन्दा बढी आम्दानी हुने भएकाले यसैमा सजिलो भएको उहाँको भनाइ छ ।

“कोरोना सङ्क्रमणको त्रासकै बेला जेनतेन घर फर्किए, केही समय कोरोनाकै त्रासमा बित्यो, तर सधैँ त्रासमै बाँच्न सकिएन, खानका लागि केही न केही गर्नुपर्ने भयो,” उहाँले भन्नुभयो, “भारतको राजेगारी गुमिसकेको थियो, अन्त जाने बाटो थिएन, कुनै व्यापार व्यवसाय गर्न पनि लगानी थिएन ।” त्यसैले विभिन्न सङ्घ संस्थाबाट तालिम लिएर ब्लक, टायल र पिलर उत्पादनको काम सुरु गर्नुभएको हो ।“कोरोनापछि बेरोजगार भएको थिएँ, विभिन्न सङ्घ संस्थाले ब्लक बनाउने मेसिन र ब्लक बनाउनका लागि तालिम पनि दिएँ,” उहाँले भन्नुभयो, “त्यसपछि कामका लागि भारत जानु परेको छैन, ब्लक उत्पादन गरेर जीविकोपार्जन सहज भएको छ ।”

सानो लगानीमा पनि ब्लक, टायल र पिलर उत्पादनको काम गरेर जीविकापोर्जन गर्ने गरेको शनि सुनारको भनाइ छ । “घर बनाउँदा इँटाभन्दा पनि ब्लकको प्रयोग बढ्न थालेको छ, ठाउँ ठाउँबाट माग आइरहेको छ,” उहाँले भन्नुभयो, “विगतमा बेरोजगार भएर घरमै बस्नु प¥थ्यो, अहिले यहीँ पेसाबाट घरखर्च चलाउँछु ।”दश हजार इँटा प्रयोग हुने घरमा छ हजार ब्लक भए पुग्ने हरिनाथको भनाइ छ । “मिस्त्री र अन्य कामदारको खर्च पनि बल्कले घटाउँछ,” उहाँले भन्नुभयो, “एक बोरा सिमेन्टबाट ५५ देखि ६० सम्म ब्लक बनाउन सकिन्छ ।”अहिले प्रतिब्लक रु ४० देखि ४५ सम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । ब्लकको बजारीकरणलाई बढाउँदै लैजाने पनि उहाँको योजना छ ।“ब्लक उत्पादनबाट राम्रो आम्दानी छ, विदेश जानु परेको छैन भने स्वदेशमै काम गर्न पाउँदा सहज भएको छ”, यशोदा थापाले भन्नुभयो, “भारतमा मजदूरी गरेर बचत हुने भन्दा आफ्नै ठाउँमा काम गर्दा राम्रो आम्दानी गर्न सकिन्छ ।”

 


Thali Mobile Pvt.Ltd.