बेइजिङ । चीनमा पछिल्लो समय अति वास्तविक देखिने सिलिकन फेस मास्क लगाएर शृङ्खलाबद्ध चोरीका घटना बढेपछि यस्ता प्रडक्टलाई वैध बनाइनु हुन्छ कि हुँदैन भनेर बहस चर्किएको छ । यही मार्चमा साङ्हाईमा चार वटा घर फोडेर चोरी भयो । यी घटनाको छानबिन गर्ने क्रममा ४० वर्षका एक पुरुषले वृद्धको सिलिकन मास्क लगाएर ती चोरीहरू गरेको प्रहरीले थाहा पायो । गएको महिना प्रहरीले चियाङ्सु प्रान्तमा भएका चोरीका घटनाहरूमाथि छानबिन गर्यो ।
यी चोरीमा पनि बिजुलीको काम गर्ने एक कामदारले नचिनियोस् भनेर सिलिकन मास्क लगाएर चोरी गरेको पाइयो । यी दुई चीनमा आपराधिक गतिविधिमा सिलिकन मास्कको बढ्दो प्रयोगको प्रतिनिधि घटना मात्रै हुन् । सक्कलीजस्ता देखिने सिलिकन मास्कको प्रयोगलाई कानुन बनाएर नियमन नगरेसम्म यस्ता घटनाहरू बढिरहने चेतावनी विज्ञहरूले दिइरहेका छन् । मास्क बनाउनु गलत नभएको सियामेन विश्वविद्यालयका वकिल लिउ चियोङ पनि भन्छन् ।
तर यसको प्रयोग नियमनको दायरामा आउनु पर्ने र सम्बन्धित अधिकारीहरूले फेस मास्कको ‘यथार्थता’लाई ग्रेडिङ गर्नु पर्नेमा उनी जोड दिन्छन् । अर्को समस्या के छ भने यस्ता मास्कहरू अनलाइनमा छ्यापछ्याप्ति विक्रीका लागि उपलब्ध छन् । क्रेताले दिएको डिटेल अनुसार जस्तो पनि मास्क किन्न पाइन्छ । सबैले चोरी चकारी वा अपराधकै लागि मास्क किन्छन् भन्ने चाँहि होइन । आफूलाई मन पर्ने सेलिब्रेटीको मास्क लगाएर अरूलाई झुक्क्याउन, साथीभाइसँग प्र्याङ्क गर्न वा सिलिकन मास्क वास्तवमा कस्ता हुँदा रहेछन् भन्ने उत्सुकताका कारण किन्न खोज्ने पनि छन् ।
केहीले अनुहार देखाए पछि मात्रै खुल्ने पती वा पत्नीको फोन अनलक गर्न पनि यस्ता मास्क किन्ने गरेका छन् । घरबाट काम गरिरहेको बेलामा आफू अफिसमै छु भनेर देखाउन पनि यसको प्रयोग भएको पाइएको छ । उच्च कोटीको सिलिकन मास्क २३ हजार युआन ३ हजार २०० अमेरिकी डलर पर्छ । यो बनाउन एक महिनाजति लाग्छ । मास्क लगाएर स्मार्टफोन फेशियल रिकग्निशन पास गर्न सकेन भने केही विक्रेताहरूले पैसा फिर्ता पनि दिइरहेका छन् ।
आपराधिक गतिविधिमा सिलिकन मास्क प्रयोग हुने चीन एक मात्र देश भने होइन । सर्भिलियन्स सर्वत्र रहेका देशमा फेशियल रिकग्निशन प्रविधिलाई छल्न यसको प्रयोग व्यापक भइरहेका छन् । आपराधिक गतिविधिमा यसको प्रयोग बढ्न थालेपनि केही इ–कमर्श वेबसाइटहरूले सिलिकन मास्कको खोजीमा कैँची चलाएका छन् । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भोजपुर, २२ असार । भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा भएको यस घटनाले स्थानीय समुदायलाई...
भक्तपुर, ३ असार । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट सशस्त्र प्रहरीले ५.४ किलोग्राम लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र इन्क्टेलिजेन्स ब्युरोको विशेष सूचनाका...
काठमाडौँ, १८ जेठ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...
काठमाडौँ, १० जेठ । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्त बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ चिसापानी घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने...