भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सीमा विवाद चुलियाे : घटनामा दुवै देशका आआफ्नै दाबी

सीमा विवाद चुलियाे : घटनामा दुवै देशका आआफ्नै दाबी

२ जेठ २०७७ काठमाडाैं । लदाख घटनाका बारेमा दुवै देशले आआफ्नै दाबी गरेका छन् । भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा भिडन्त भएको भारतकाे दाबी छ भने भारतीय सेना चिनियाँ भूमिमा अघिबढेपछि भिडन्त भएको चीनको दाबी छ ।

भारतीय पक्षले केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको जनाएको छ । यता चीनले भने भारतीय सेना भारतीय भूमि छाडेर चिनियाँ भूमिमा बसेकाे जनाएकाे छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ ।

चीनले भारतलाई तनाव बढ्ने गरी कुनै पनि काम नगर्न आह्वान गरेको जनाएको छ । भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत पराजित भएको थियो । चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र अतिक्रमण गरेको भारतको आरोप छ ।

गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो । भारतीय सेनाले दुई देशका वरिष्ठ सैन्य अधिकारीहरूबीच विवाद समाधानका लागि वार्ता सुरु भएको जनाएको छ । पछिल्लाे समय भारतले नेपालकाे भूमि पनि अाफ्नाे हाे भन्दै कब्जा जमाउन खाेजेकाे छ ।

नेपालको भूमि लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्र समेटेर नेपालले नक्सा सार्वजनिक गरेपछि चीनले उचालेर यस्ते भएको अभिव्यक्ति भारतले दिदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.