भर्खरै : Sorry, your browser does not support inline SVG.
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु | भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का |

सीमा विवाद चुलियाे : घटनामा दुवै देशका आआफ्नै दाबी

सीमा विवाद चुलियाे : घटनामा दुवै देशका आआफ्नै दाबी

२ जेठ २०७७ काठमाडाैं । लदाख घटनाका बारेमा दुवै देशले आआफ्नै दाबी गरेका छन् । भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा भिडन्त भएको भारतकाे दाबी छ भने भारतीय सेना चिनियाँ भूमिमा अघिबढेपछि भिडन्त भएको चीनको दाबी छ ।

भारतीय पक्षले केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको जनाएको छ । यता चीनले भने भारतीय सेना भारतीय भूमि छाडेर चिनियाँ भूमिमा बसेकाे जनाएकाे छ । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ ।

चीनले भारतलाई तनाव बढ्ने गरी कुनै पनि काम नगर्न आह्वान गरेको जनाएको छ । भारत र चीनबीच सन् १९६२ मा युद्ध भएको थियो । त्यसमा भारत पराजित भएको थियो । चीनले आफ्नो ३८ हजार वर्ग किलोमिटर क्षेत्र अतिक्रमण गरेको भारतको आरोप छ ।

गत मे महिनामा दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो । भारतीय सेनाले दुई देशका वरिष्ठ सैन्य अधिकारीहरूबीच विवाद समाधानका लागि वार्ता सुरु भएको जनाएको छ । पछिल्लाे समय भारतले नेपालकाे भूमि पनि अाफ्नाे हाे भन्दै कब्जा जमाउन खाेजेकाे छ ।

नेपालको भूमि लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्र समेटेर नेपालले नक्सा सार्वजनिक गरेपछि चीनले उचालेर यस्ते भएको अभिव्यक्ति भारतले दिदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.