भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

चीनकाे सीमा पार गरेपछि भएको झडपमा ३ भारतीय सैनिकको मृत्यु

चीनकाे सीमा पार गरेपछि भएको झडपमा ३ भारतीय सैनिकको मृत्यु

२ असार २०७७ मंगलबार, काठमाडौं । सीमा क्षेत्र लद्दाखमा भारतीय सेना चिनिया जनमुक्ति सेनाबीच झडप भएको छ । झडपमा ३  जना भारतीय सेनाको मृत्यु भएको छ । भारतीय सेनाका अफिसरसहित दुई सैनिकको ज्यान गएको हाे ।

अन्तराष्ट्रिय समाचार माध्ययमले जनाए अनुसार पूर्वी लद्दाख क्षेत्रको चार अवरोध बिन्दु मध्ये एक गाल्वान भ्यालीमा सैनिकको हिंसात्मक मुठभेड भएको हाे । सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भारतीय सेना मारिएकाे भारतीय रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

केहि समय पहिले समाचार अनुसार दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए । आफ्नो तीन सैनिक अधिकारी मारिएको विषयमा जानकारी दिँदै भारतीय सेनाले दुवैतर्फ सैनिक फिर्ताको प्रक्रिया भइरहेको समयमा सो घटना भएको जनाएको छ ।

‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हताहती भएको हो’ भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारततर्फ एक अधिकृत र दुई जवानको ज्यान गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सैनिकका वरिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’

bigeptiझडपको विषयलाई दुवै देशले आआफ्नै दाबी गरेका छन् । चिनियाँ पक्षले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ । यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो ।

लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ । निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो । पछिल्लो समय लद्दाखमा दुवै पक्षले संरचना निर्माण र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.