आठबीस । आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको र सबै जना पानीमा डुबेर मृत्यु भएको छ । अस्पतालले प्रहरीलाई दिएको मृतक सबैको पोस्टमार्टम रिपोर्टले पनि त्यही निष्कर्ष निकालेको छ ।
सुकीले छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेको घटना दुखद घटना हो । तर सुकीको गर्भमा ४ महिनाको शिशुसमेत रहेको रिर्पोटले बताएपछि प्रहरीको प्रारम्भिक अनुसन्धानमा गर्भपतन गर्ने विषयले सुकी र उनका श्रीमानसँग विवाद भइरहेको बताएको छ ।
श्रीमान् मानसिंहले दिनदिनै मदिरा खाएर कुट्ने गरेकाले जन्मिएको बच्चाले पनि दुःख पाउँछ भन्दै उनले आत्महत्या गरेकी हुनसक्ने स्थानीयको भनाई छ । सुकिका श्रीमानले परपुरुषसँग सम्बन्ध भएको आरोप लगाउँदै पटक–पटक कुटपिट गर्ने गरेको उनीहरुको भनाइछ । झगडा पर्दा धेरै पटक गाउँलेले मिलाए बताए । सकी घटनाको मुद्धा दैलेख र अछाम दुबै ठाउमा हेरिने भएको छ ।
शव फेला परेपछिको अनुसन्धान अछाममा र त्यसभन्दा अघिको छानबिन दैलेखमा हुने अछामका प्रहरी प्रमुख डीएसपी तुल्सीराम अर्यालको भनाई छ । आत्महत्या दुरुत्साहनको मुद्दा दैलेखमा चल्ने प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले बताए । मृत्युसम्बन्धी मुद्दा अछाममा हेरिने उनको भनाई छ । मृतकका आफन्तले भने मंगलबार उजुरी दर्ता गराएका थिए । पोस्टमार्टम रिपोर्ट ढिलो आएकाले मुद्दा दर्ता गर्न ढिलाइ भएको परिवारको भनाईछ ।
