काठमाण्डौ । हवाई आक्रमण हँदा सुडानको खार्तूममा कम्तीमा १६ जनाको ज्यान गएको छ । सर्वसाधारणको घरमा गोलाबारी भएपछि कम्तीमा १६ जना नागरिकले खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा ज्यान गुमाएको जनाएको छ ।
सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच गएको अप्रिल १५ देखि लडाइँ शुरु भएको थियो ।
सुडानमा दुई पक्षबीच शुरु भएको लडाइँको सय दिन बितेको छ । ज्यान गुमाउनेमा बालबालिका पनि रहेका छन् । हताहती र थप क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
