काठमाडौं । सुडानमा सैनिक ‘कू’ भएको छ । प्रधानमन्त्री अब्दल्लाह हामदोकले नेतृत्व गरेको अन्तरिम सरकार विघटन गरिएको छ । अहिले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै सेनाले देशभर संकटकाल लागु गरेको छ । सैनिक ‘कू’ लगत्तै सडकमा विरोध प्रदर्शन सुरु हुन थालेको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच मंगलबारको झडपमा परी ७ सातको ज्यान गएको र १ सय ४० जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सैनिक ‘कू’ का कारण सुडानको संकट थपिने, आर्थिक अवस्था बिग्रिने, लोकतान्त्रिक संक्रमण अलपत्र पर्ने भन्दै अन्य मुलुकले चिन्ता व्यक्त गर्न थालेका छन् । सेनाले गरेको पछिल्लो ‘कू’ले राष्ट्रिय राजनीति मात्रै होइन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीति समेत प्रभावित हुन सक्ने विश्लेषण हुन थालेको छ । यता अरु मुलुकले सैन्य ‘कू’को निन्दा गरेका छन् । अमेरिकासहितका पश्चिमा मुलुकले पक्राउ परेका प्रधानमन्त्री र अन्य वरिष्ठ अधिकारीलाई तत्काल रिहा गर्नु दवाव दिएका छन् ।
सेनाले शक्ति बाँडफाँड नगरे सहायता रकम रोक्ने भन्दै उनीहरुले चेतावनी दिएका छन् । जो बाडडेनको प्रशासनले आपतकालीन सात सय मिलियन डलर बराबरको सहायता रकम रोक्ने घोषणा गरिसकेका छन् भने राष्ट्रसंघका लागि जर्मन नियोगले सहायता रकम रोक्का गर्ने जानकारी दिएको छ । युरोपेली युनियन, राष्ट्रसंघ र अरब लिगले समेत सुडानको विकसित घटनाक्रमलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
सेप्टेम्बर २१ मा भएको असफल ‘कू’ प्रयासपछि सुडानमा तनाव सुरु भएको थियो । सारा मुलुक नागरिक शासन र सैन्य शासनको पक्षविपक्षमा विभाजित भएको बेला सेनाले सोमबार सत्तापलट गरेको हो । मुलुकमा हुन सक्ने संभावित गृहयुद्धलाई मध्यनजर राख्दै सरकार विघटन र संकटकाल घोषणा गरेको सेनाको भनाइ छ ।मेत चेतावनी दिएका छन् ।
