भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

जसरीपनि मङ्सिरमै महाधिवेशन सम्पन्न गर्न देउवाको निर्देशन

जसरीपनि मङ्सिरमै महाधिवेशन सम्पन्न गर्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुसार मङ्सिरमा नै सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

काँग्रेस संसदीय दलको कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिको बैठकमा सभापति देउवाले मंसिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिएका हुन ।

मंसिर ९ देखि १३ गतेसम्म पार्टीको महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा सभापतिले जोड दिएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए । महाधिवेशन लगायत विविध विषयमा आज दिउँसो पनि छलफल हुने पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.