भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जसरीपनि मङ्सिरमै महाधिवेशन सम्पन्न गर्न देउवाको निर्देशन

जसरीपनि मङ्सिरमै महाधिवेशन सम्पन्न गर्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसको चौधौं महाधिवेशन पूर्वनिर्धारित कार्यतालिका अनुसार मङ्सिरमा नै सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।

काँग्रेस संसदीय दलको कार्यालयमा पार्टीको पदाधिकारी र केन्द्रीय निर्वाचन समितिको बैठकमा सभापति देउवाले मंसिरमै महाधिवेशन सम्पन्न गर्नेगरी कार्यक्रमहरु अगाडि बढाउन निर्देशन दिएका हुन ।

मंसिर ९ देखि १३ गतेसम्म पार्टीको महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेमा सभापतिले जोड दिएको काँग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताए । महाधिवेशन लगायत विविध विषयमा आज दिउँसो पनि छलफल हुने पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.